२०८३ श्रावण १३
नेपाली समय

घरघरमा माओवादी, जनजनमा माओवादी , कार्यक्रम पर्वतको बिहादीमा प्रभावकारी बन्दै  । 

२०८० भाद्र ३०, शनिबार १६:१५

 

Advertisement 1

 

पर्वत , विहादी ।

Advertisement 2

“घर घरमा माओवादी – जन जनमा माओवादी ”  माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शुक्रबार पर्वतको  विहादि  गाउँपालिका वडा नम्बर २ बराचौर को रास्कोट नौनादि जैसिचौपारि सडक सरसफाइ गरिएको छ ।  यो अभियानबाट रास्कोट सम्म गाडी आवतजावत गर्न अब कुनै समस्या हुने छैन ।घर घरमा माओवादी –

जन जनमा माओवादी कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको थियो । उक्त  अभियान बाट स्थानीय जनशक्ति को राम्रो सदुपयोग गर्ने हो भने गाउँ को विकास गर्न को लागि कुनै समस्या नहुने साथै डोजर्को समेत आवस्यक नपर्ने देखियो । यो अभियान बिहादीका ६ वटै  वार्डमा संचालन गर्ने नेकपा माओवादी केन्द्र बिहादीका अध्यक्ष ऋषि भुसालले बताउनु भयो ।

Advertisement 3

उक्त अभियान मा सहभागिता भइ जनश्रमदान गर्ने सम्पुर्णमा बिहादी गाउँपालिका माओवादी केन्द्र वडा नम्बर २ बर्राचौरका संयोजक पोस्कान्त पौडेलले  धन्यवाद व्यक्त  गरेका थिए भने उक्त सडक मर्मत  अभियानमा नौनादि टोल सुधार समिति का संयोजक युवा समाजसेबि राज गिरि स्थानीय युवा प्रेमबहादुर नेपाली , रेशम गिरी,  राजुु नेपाली लगायतका को उपस्थिति रहेको थियो भने काम गर्नेका लागि खाजा सौजन्य युबा समाजसेवी बिष्णु गिरि , चम्पा गिरि ,र  भागिरथ पौडेलले गर्नु भएको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125