२०८३ श्रावण १२
नेपाली समय

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

२०८२ जेष्ठ २७, मंगलवार २०:१९

Advertisement 1

कपिलवस्तु, जेठ २७

 

Advertisement 2

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ।

 

Advertisement 3

आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ।

 

उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए।

 

कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपाल लाई व्यवसायीक सफलताको शुभकामना दिदैं सहज र सरल यात्राका लागि सधै अग्रसर रहनु पर्ने सुझाव दिएका थिए।

 

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे तथा प्रतिनिधि कमल जिसीले व्यवसायिक सफलताको शुभकामना दिदै होटल व्यवसायी र टुर्स एण्ड ट्राभल्स व्यवसायी बिच नङ र मासुको सम्बन्ध रहेको हुन्छ। हामी हातेमालो गर्न तयार रहेको बताएका थिए।

 

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालले नेपालको कृष्णनगर देखि भारतका बहराइच, नानपारा, मुरादाबाद, सोनीपत, अम्बाला, लुधियाना, जलंधर, अमृतसर, पटियाला, बठिंडा लगायत विभिन्न शहर हरूमा तथा नेपालका विभिन्न ठांउ हरूमा जानका लागि आरामदायी र भरपर्दो यात्रा हुन

रहेकाले सेवाको मौका दिन नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका उपाध्यक्ष राम प्रसाद अधिकारीले जानकारी दिएका छन्।

 

यात्री हरूलाई सहज यात्रा तथा सम्मानित व्यवहारका साथ सेवा दिने उदेश्यका साथ कृष्णनगरमा केन्द्रीय कार्यालय संचालन गरिएको नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका अध्यक्ष राजु केसी जानकारी दिए।

 

कार्यक्रममा नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका पदाधिकारी लाई सम्मान गरि यात्री लाई सेवा प्रवाहका बारेमा आवश्यक निर्देशन समेत दिइएको थियो।

 

कार्यक्रममा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय लगायतको उपस्थित रहेको थियो।

 

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका महासचिव नवराज सेडाइले कार्यक्रम संचालन गरेका थिए।

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका डाइरेक्टर लक्ष्मण नेपाली, प्रेम खत्री, सचिव अशोक विश्वकरू, कोषाध्यक्ष डिप्सन काजी लगायतले अतिथि हरुलाई स्वागत गरेका थिए।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125