२०८३ जेष्ठ २९
नेपाली समय

मर्चवारलाई बुटवल-भैरहवाजस्तै बनाउने पौडेलको प्रतिबद्धता”

२०८२ भाद्र १४, शनिबार १९:५७

Advertisement 1

मर्चवार

रुपन्देहीका दुई गाउँपालिकाका पूर्व अध्यक्षसहित ठूलो समूह नेकपा (एमाले) प्रवेश गरेका छन्। यससँगै रुपन्देहीको दक्षिणी राजनीति थप चर्किएको छ।

Advertisement 2

शनिबार सम्मरीमाई गाउँपालिका–६ असुरैनामा आयोजित कार्यक्रममा करिब ३ हजार स्थानीयसहित सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानियाँ एमाले प्रवेश गरेका हुन्। उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा स्वागत गरेका थिए।

Advertisement 3

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले रुपन्देहीको मर्चवार क्षेत्रलाई बुटवल र भैरहवाजस्तै विकसित बनाउने जिम्मा आफूले लिने प्रतिबद्धता व्यक्त गरे।

शुक्ला २०७४ मा मधेसी जनअधिकार फोरमबाट पालिका अध्यक्ष निर्वाचित भएका थिए। त्यसयता कांग्रेस, एमाले, माओवादी हुँदै जनमत पार्टीसम्म पुगेका उनी फेरि एमालेमा फर्किएका हुन्। व्यक्तिगत प्रभावशाली मानिने शुक्लाको प्रवेशसँगै स्थानीय स्तरमा पनि एमालेप्रतिको आकर्षण बढेको देखिएको छ।

त्यस्तै, मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष बानियाँ पनि २०७४ मा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए। २०७९ मा लोसपाबाट उम्मेदवार बने पनि पराजित भएका उनी शनिबार एमाले प्रवेश गरेका हुन्।

नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे र जिल्ला उपाध्यक्ष हितराज पन्थीका अनुसार शुक्ला–बानिया दुवैको प्रवेशले दक्षिण रुपन्देहीमा एमाले संगठन बलियो भएको छ। उनीहरूका अनुसार यसले विशेषगरी रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनमा प्रत्यक्ष प्रभाव पार्नेछ।

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125