२०८२ आश्विन १७
नेपाली समय

हेलम्बुमा मन्त्री बलराम अधिकारीको गाडी खोलामा फस्यो, कुनै मानवीय क्षति भएन

२०८२ जेष्ठ १८, शनिबार १९:२२

हेलम्बु, सिन्धुपाल्चोक – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारी सवार गाडी आज हेलम्बु–४ स्थित ग्याल्थुमबाट अम्बाथानतर्फ जाँदै गर्दा बाटोमा रहेको खोलामा फसेको छ।

Advertisement 1

गाडी खोलामा फसे पनि कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक सञ्जिव योन्जनले जानकारी दिएका छन्। उनका अनुसार मन्त्री अधिकारीसहित सवार सबै व्यक्तिहरू सुरक्षित छन्।

खोलाको पानीको बहाव र सडकको अवस्था प्रतिकूल रहेका कारण गाडी खोलामा फसेको अनुमान गरिएको छ।

Advertisement 2

प्रहरी निरीक्षक योन्जनका अनुसार गाडीलाई सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको छ। मन्त्री अधिकारी स्थानीयस्तरको निरीक्षण भ्रमणमा रहेका बेला यो घटना भएको हो।

यस घटनाले स्थानीय सडक संरचना तथा आवागमनका समस्या पुनः उजागर गरेको छ।

सम्बन्धित समाचार