
Advertisement 1
रुपन्देही/ पौष ६ गते
लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी पौष १२, १३ र १४ गते बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो न्युज फेस्टिभल आयोजना हुने भएको छ । नेपाली पत्रकारिता र सञ्चार क्षेत्रको समीक्षा, बहस र भावी दिशाबारे गहन छलफल गर्ने उद्देश्यसहित महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
Advertisement 2
। लुम्बिनी प्रेस क्लबले तेस्रो पटक आयोजना गर्न लागेको न्युज फेस्टिभललाई ऐतिहासिक र उपलब्धिमूलक बनाउने गरी गृहकार्य भइरहेको क्लबका अध्यक्ष कमल रायमाझीले बताएका छन् । अध्यक्ष रायमाझीका अनुसार लुम्बिनीमा आयोजना हुन गइरहेको तेस्रो न्युज फेस्टिभलमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका विविध विषयमा छलफल, बहस र अन्तरक्रिया गरिनेछ ।
यो महोत्सवलाई नेपाली पत्रकारिताको लागि कोशेढुंगा बनाउने लक्ष्यसहित हामी सबै प्रतिबद्ध भएर लागिरहेका छौं,” उनले भने । लुम्बिनी प्रेस क्लबले २०७६ साल मंसिर १, २ र ३ गते लुम्बिनीमै पहिलोपटक समाचार महोत्सव आयोजना गरेको थियो, जसमा काठमाडौंका मूलधारका ५० जना सम्पादकसहित देशभरका करिब ३ सय पत्रकारको सहभागिता रहेको थियो । दोस्रो न्युज फेस्टिभल २०८० सालमा भैरहवामा सम्पन्न भएको थियो ।तेस्रो न्युज फेस्टिभलमा समाचारका विभिन्न विधा, पत्रकारिताको वर्तमान अवस्था, चुनौती र भविष्यको मार्गचित्रबारे गहन समीक्षा गरिने अपेक्षा गरिएको छ, जसले नेपाली पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ ।
Advertisement 3
कार्यक्रम संयोजक तथा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालका अनुसार महोत्सवमा भारतको उत्तर प्रदेश र सिक्किमका पत्रकार, काठमाडौंका पत्रकारहरू तथा नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहनेछ ।“लुम्बिनी न्युज फेस्टिभल नेपाली पत्रकारिता जगतको ऐतिहासिक कार्यक्रम हो,” बडुवालले भने, “सबै पत्रकारलाई सक्रिय सहभागिताका लागि हामीले आग्रह गरेका छौं।” १२ वर्षअघि क्रियाशील पत्रकारहरूको पहलमा स्थापना भएको लुम्बिनी प्रेस क्लबले पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणका लागि निरन्तर रूपमा यस्ता रचनात्मक तथा बहसात्मक कार्यक्रम गर्दै आएको छ



प्रतिक्रिया दिनुहोस्