
Advertisement 1
काठमाडौं
कडा सुरक्षा व्यवस्थाबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार अमेरिकाको न्यूयोर्कस्थित म्यानहट्टन अदालतमा उपस्थित गराइएको छ। अमेरिकी लागूऔषध नियन्त्रण प्रशासन (डीईए) का दर्जनौँ एजेन्टको घेराबन्दीमा अदालत परिसर प्रवेश गरेका मादुरोका तस्बिरहरू सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा व्यापक चासो पैदा भएको छ। सार्वजनिक भएका तस्बिरहरूमा राष्ट्रपति मादुरो जेल पोशाकसँग मिल्दोजुल्दो पहिरनमा देखिएका छन्। उनी केही असहज गतिमा हिँडिरहेको देखिए पनि चारैतिरबाट सशस्त्र सुरक्षाकर्मीहरूले कडा निगरानीमा राखेका थिए। अदालतमा मादुरो तथा उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध लगाइएका आरोपहरूको औपचारिक विवरण पढिने तयारी गरिएको जनाइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा गरिएको विशेष कारबाहीपछि राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई अमेरिकामा ल्याइएको हो। उनीहरूमाथि हतियार तस्करी तथा लागुऔषध कारोबारसँग सम्बन्धित गम्भीर आरोपहरू लगाइएको छ। तर राष्ट्रपति मादुरोले आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। उनले यी आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै अमेरिकी कदमलाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्। मादुरोका समर्थक तथा भेनेजुएलाका सरकारी पक्षधरहरूले यस घटनालाई देशको सार्वभौमिकतामाथिको ठाडो आक्रमण भनेका छन्।
Advertisement 2
मादुरोको न्यूयोर्क अदालत उपस्थितिले अमेरिका–भेनेजुएला सम्बन्धमा थप चिसोपन ल्याउने संकेत देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ। यस घटनाले ल्याटिन अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने आँकलन पनि गरिएको छ।



प्रतिक्रिया दिनुहोस्