
Advertisement 1
धनन्जय उपाध्याय/रुपन्देही
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालबीच पार्टी एकता सम्पन्न भएपछि जनता समाजवादी पार्टी नेपाल, सम्मरीमाई गाउँपालिका कार्यसमितिको पुनर्गठन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको पार्टी एकतापछि जनता समाजवादी पार्टी नेपालले संगठन सुदृढीकरणलाई तीव्रता दिएको छ। सोही क्रममा सम्मरीमाई गाउँपालिका कार्यसमितिको पुनर्गठन कार्यक्रम मिति २०८२ पुस ३० गते बुधबारका सम्मरीमाई गाउँपालिका वडा नं ५ रोईनियाहवा स्थित सभा हलमा सम्पन्न भएको हो।
Advertisement 2
कार्यसमिति पुनर्गठन अन्तर्गत अतिकुर रहमान अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा राजु हरिजन, राजकुमार गुप्ता र प्रभावती धोबी चयन भएकी छिन् । सचिवमा सकिल मुसलमान, सह-सचिवमा विक्रमजीत लोध, कोषाध्यक्षमा महन्तप्रसाद लोध तथा सहकोषाध्यक्षमा चैतु हरिजन चयन भएका हुन्। यसरी ५१ सदस्यीय गाउँपालिका कार्यसमिति पुनर्गठन गरिएको पार्टीका सह–महासचिव सन्दिप त्रिपाठीले जानकारी दिएका छन्।
कार्यक्रमको अध्यक्षता गणेशप्रसाद पाठकले गरेका थिए भने प्रमुख अतिथिका रूपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सह–महासचिव तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लको विशेष उपस्थिति रहेको थियो। मन्तव्यका क्रममा पूर्वमन्त्री शुक्लले पार्टी एकतापछि जनताको भरोसा अझ बढेको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँसम्म मजबुत बनाउने समय आएको बताए। उनले मधेश, किसान, मजदुर, दलित तथा पिछडिएका समुदायका हक–अधिकार सुनिश्चित गर्न पार्टी एकताले ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै उनले कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनसेवामा समर्पित हुन आह्वान गरे।
Advertisement 3
कार्यक्रममा हेमा बेलबासे, गणेश पाल, मोहम्मद इस्लाम खान, श्रीनिवासी यादव, रवि रौनियारलगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो। सहभागीहरूले पुनर्गठित कार्यसमितिले स्थानीय तहमा पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्