
Advertisement 1
धनन्जय उपाध्याय/रुपन्देही
बढ्दो जाडो मौसमलाई मध्यनजर गर्दै मर्चवार युवा जनजागरण क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै अनाथ, गरिब, असहाय, विपन्न तथा एकल व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको छ। मर्चवार युवा जनजागरण क्लबले प्रत्येक वर्षझैँ यस वर्ष पनि जाडो मौसममा जोखिममा परेका समुदायलाई लक्षित गर्दै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको हो। कडाकेको चिसोले दैनिक जीवन प्रभावित भइरहेका अनाथ, गरिब, असहाय, विपन्न तथा एकल व्यक्तिहरूलाई राहत पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष मो. आरिफ खान स्वयं उपस्थित भई कपडा वितरण गरेका हुन्।
Advertisement 2

कार्यक्रमका क्रममा अध्यक्ष मो. आरिफ खानले सामाजिक सेवामा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै भने, “जाडो मौसम गरिब तथा असहाय वर्गका लागि सबैभन्दा कठिन समय हो। न्यानो कपडाको अभावले धेरैले कष्टकर रात बिताउन बाध्य छन्। यही पीडा बुझेर मर्चवार युवा जनजागरण क्लबले हरेक वर्ष निरन्तर रूपमा न्यानो कपडा वितरण गर्दै आएको छ। हाम्रो सानो सहयोगले कसैको जीवनमा राहत र आशा ल्याउन सक्छ भने त्यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। आगामी दिनमा पनि क्लबले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा यस्ता कार्यक्रमहरूलाई अझ सशक्त बनाउँदै लैजानेछ।”
Advertisement 3
क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि स्थानीय सहयोगी, दाता तथा युवाहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको अध्यक्ष खानले बताए । स्थानीयवासीहरूले क्लबको यस पहलको प्रशंसा गर्दै यस्ता मानवीय कार्यले समाजमा आपसी सद्भाव र सहयोगको भावना बलियो बनाउने बताएका छन्। मर्चवार युवा जनजागरण क्लबले आगामी दिनमा पनि विपन्न वर्गको जीवनस्तर उकास्न लक्षित विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया दिनुहोस्