लुम्बिनीमा ३३ लाखभन्दा बढी मतदाता: प्रदेशगत तथ्याङ्कमा बागमतीपछि दोस्रो स्थान
Advertisement 1

काठमाडौँ
Advertisement 2
निर्वाचन आयोग, नेपालले सार्वजनिक गरेको प्रदेशगत मतदाता, मतदान स्थल र मतदान केन्द्रसम्बन्धी तथ्याङ्कअनुसार बागमती प्रदेशमा ३६,८२,३१० मतदाता, मधेश प्रदेशमा ३६,३६,४१४ र कोशी प्रदेशमा ३५,७४,३१० मतदाता रहेका छन् भने लुम्बिनी प्रदेशमा ३३,८६,६८० मतदाता रहेका छन्, जसले लुम्बिनीलाई देशका उच्च मतदाता संख्या भएका महत्वपूर्ण प्रदेशमध्ये एक बनाएको छ। निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रदेशअनुसार मतदाता संख्या, मतदान स्थल र मतदान केन्द्रको विस्तृत विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार लुम्बिनी प्रदेशमा कुल ३६,८६,६८० मतदाता रहेका छन्। तीमध्ये पुरुष मतदाता १७,१५,१६३, महिला मतदाता १६,७१,४७९ र अन्य समूहका ३८ जना रहेका छन्। लुम्बिनीमा पुरुष मतदाताको संख्या महिला को तुलनामा केही बढी भएको देखिएको छ।
प्रदेशगत तुलनामा बागमती प्रदेशमा सबैभन्दा धेरै ३६,८२,३१० मतदाता रहेका छन् भने कोशी प्रदेशमा ३५,७४,३१०, मधेश प्रदेशमा ३६,३६,४१४, गण्डकी प्रदेशमा १८,७०,०६५, सुदूरपश्चिम प्रदेशमा १७,१६,६६० र कर्णाली प्रदेशमा १०,३७,२५० मतदाता रहेका छन्। यसले लुम्बिनी प्रदेशलाई जनसांख्यिक र राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण प्रदेशका रूपमा स्थापित गरेको छ।
Advertisement 3
मतदान पूर्वतयारीतर्फ लुम्बिनी प्रदेशमा १६७१ मतदान स्थल र ३९९८ मतदान केन्द्र तोकिएका छन्। आयोगका अनुसार मतदान स्थल र केन्द्रको संख्या मतदाताको पहुँच, भौगोलिक अवस्था र जनघनत्वलाई ध्यानमा राखेर निर्धारण गरिएको हो।देशभरि हेर्दा कुल मतदान स्थल संख्या १०,९६७ र कुल मतदान केन्द्र संख्या २३,११२ पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सबै मतदातालाई समयमै आफ्नो नामावली जाँच गर्न, तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न तथा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशमा उच्च मतदाता संख्या, पर्याप्त मतदान संरचना र बढ्दो नागरिक चासोका कारण आगामी निर्वाचनको परिणाममा यस प्रदेशको भूमिका निर्णायक हुने विश्लेषकहरूको बुझाइ छ।



प्रतिक्रिया दिनुहोस्