२०८२ आश्विन १७
नेपाली समय

संसद गतिरोध तोड्न सिंहदरबारमा ओली–देउवा–प्रचण्ड छलफल

२०८२ जेष्ठ २०, सोमबार १६:५८

काठमाण्डौं, जेठ १९ –

Advertisement 1

सिंहदरबारमा शक्ति केन्द्रित: संसद गतिरोध अन्त्यको प्रयासमा शीर्ष नेताहरूको निर्णायक छलफल।

देशको संसदमा उत्पन्न गतिरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्णायक बैठक बसिरहेको छ।

Advertisement 2

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। साथै गृहमन्त्री रमेश लेखकलगायत अन्य उच्चपदस्थ नेताहरूको उपस्थिति पनि देखिएको छ।

सरकार र विपक्षी दलहरूबीच पछिल्लो समय संसद अवरुद्ध रहने, विधेयकहरू अघि नबढ्ने, र राष्ट्रिय मुद्दाहरूमा समेत सहमति नजुट्ने अवस्था रहँदै आएको छ। यस्तो सन्दर्भमा प्रधानमन्त्री ओलीको पहलमा आजको बैठकले कुनै निर्णायक मोड लिने अपेक्षा गरिएको छ।

Advertisement 3

सिंहदरबारभित्रको यो बैठक सत्ता र प्रतिपक्षबीच संवादको एउटा महत्त्वपूर्ण प्रयत्नका रूपमा हेरिएको छ। तस्बिरमा तीन शीर्ष नेताहरूको शरीरको भाषा र अनुहारमा केही सहजता देखिए पनि राजनीतिक तहमा भने निर्णय कत्तिको कठोर र गम्भीर हुनेछ भन्ने विषय अनिश्चित छ।

विश्लेषकहरूका अनुसार, संसद चलाउने विषयमा सहमति जुटेन भने देश थप राजनीतिक अन्योलमा फस्न सक्छ। खासगरी आगामी बजेट अधिवेशन र संवैधानिक नियुक्तिहरूको सवालमा सहकार्य अपरिहार्य देखिन्छ।

अबको केही घण्टा देशको राजनीतिक दिशा परिवर्तन गर्ने संकेतक बन्नेछन् कि, फेरी अर्को ‘अनिर्णय’को कथामा सीमित हुनेछ – हेर्न बाँकी छ।

सम्बन्धित समाचार