२०८२ माघ ३
नेपाली समय

जनताको भरोसा, युवाहरूको ढुकढुकी – सुदिप पौडेल”

२०८२ जेष्ठ २०, सोमबार २१:५३

 

Advertisement 1

कपिलवस्तु नगरपालिकाको समग्र विकासको अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहनु भएका नगर प्रमुख सुदिप पौडेल आजको पुस्ताका युवाहरूका लागि मात्र होइन, सम्पूर्ण नगरवासीका लागि एक प्रेरणाको प्रतीक बन्नुभएको छ।

उहाँको सरलता, सादगी र सेवाभाव – यिनै गुणहरू हुन् जसले उहाँलाई जनताको मन मुटुमा स्थान दिलाएका छन्।

Advertisement 2

जनतासँगको आत्मीयता:

नगर कार्यालयमा प्रवेश गर्ने जुनसुकै नागरिक पनि जब अध्यक्ष पौडेलसँग भेट गर्छन्, तब पहिलोपटक महसुस गर्ने कुरा हो – उहाँको आत्मीयता र मुस्कान। सामान्य जनताको दुखसुखमा साथ दिने, समस्या सुनेर समाधान खोज्न अग्रसर हुने र कुनैपनि कामलाई “सरकारी प्रक्रिया” भन्दै टार्ने प्रवृत्तिबाट बाहिर निस्केर आफैँ अगाडि सर्ने उहाँको कार्यशैली विल्कुलै पृथक र अनुकरणीय छ।

Advertisement 3

उहाँ सधैं भन्नुहुन्छ।
“जनताको सेवा गर्नु मेरो धर्म हो। मेरो कुर्सी सत्ताको होइन, सेवाको माध्यम हो।”

विकासमा अटल प्रतिबद्धता:

नगर अध्यक्ष पौडेलको सपना एउटा सफा, सुन्दर, समृद्ध र आधुनिक कपिलवस्तु निर्माण गर्ने हो। उहाँ विकासलाई केवल भौतिक संरचना निर्माणको रूपमा होइन, सामाजिक न्याय, जनताको सहभागिता र पारदर्शिता सुनिश्चित गर्ने मूल आधारको रूपमा हेर्नुहुन्छ।

“जहाँसम्म जानुपर्छ, म जान तयार छु। जुनसुकै ढोका ढकढक्याउनुपर्छ, म ढकढक्याउन तयार छु। तर मेरो नगरको विकास रोक्न दिनेछैन,” अध्यक्ष पौडेलको यो भनाइ उहाँको दृढ संकल्पको प्रमाण हो।

युवामैत्री दृष्टिकोण:

सुदिप पौडेल युवाहरूलाई केवल मतदाता वा जनशक्ति होइन, नगरको भविष्य र शक्ति मान्नुहुन्छ। उहाँले युवाहरूका लागि रोजगारीमूलक कार्यक्रम, प्राविधिक तालिम, खेलकुद गतिविधिहरू र उद्यमशीलता प्रोत्साहनमा प्राथमिकता दिनुभएको छ। यसले गर्दा कपिलवस्तुका युवाहरू आज उहाँप्रति विशेष मोह राख्दछन्।

बुद्ध र भोलेनाथको नगर:

उहाँ भन्छन्,
“हाम्रो नगर बुद्धको शान्तिको सन्देश बोकेको भूमि हो, र भोलेनाथको आस्था बोकेको पवित्र नगरी पनि। यसलाई सजाएर राख्नुपर्छ, जोगाएर राख्नुपर्छ, संसारलाई देखाउन सकिने बनाउनु पर्छ।”

“सुदिप पौडेल – नेतृत्व होइन, प्रतिबद्धता हो। सेवा होइन, समर्पण हो।”

कपिलवस्तुका जनताले यस्तो समर्पित, सरल र दूरदर्शी नेतृत्व पाउनु, आफैंमा गौरवको विषय हो। अब नगरवासीहरूका आँखामा एउटा सपना छ – “सुदिप सरसँग कपिलवस्तुको उज्यालो भविष्य”।

धेरै पढिएको

सम्बन्धित समाचार