२०८२ माघ ३
नेपाली समय

मर्चवारीमाई मन्दिरमा बजरंग दलद्वारा श्रीराम प्राण प्रतिष्ठा जन्मोत्सव भव्य रूपमा सम्पन्न

२०८२ पुष १६, बुधबार १९:४४

Advertisement 1

धनन्जय कुमार उपाध्याय/रुपन्देही 

बजरङ्ग दल मर्चवारको आयोजनामा श्रीराम प्राण प्रतिष्ठा जन्मोत्सवको अवसरमा मर्चवारीमाई मन्दिर परिसरमा दीप उत्सव तथा प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको जानकारी बजरंग दल मर्चवारका कार्यकारी अध्यक्ष चन्दन तिवारी दिँदै आजकै तिथिमा भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा सम्पन्न भएको ऐतिहासिक दिनको स्मरणमा मर्चवार क्षेत्रमा धार्मिक तथा सांस्कृतिक चेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष तिवारीले बताए।

Advertisement 2

श्रीराम प्राण प्रतिष्ठाको धार्मिक महत्वबारे प्रकाश पार्दै मर्चवारीमाई मन्दिरका मुख्य पुजारी शम्भु शरण उपाध्यायले भगवान् श्रीराम मर्यादा, धर्म र सत्यको प्रतीक भएको गर्दै प्राण प्रतिष्ठाले सनातन संस्कृतिको पुनर्जागरण र धार्मिक एकताको सन्देश दिएको बताए। यस्ता कार्यक्रमले युवा पुस्तामा धर्म, संस्कार र संस्कृतिप्रति आस्था बढ्ने उहाँको भनाइ थियो।कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष तिवारीले समाजमा धार्मिक सद्भाव, सांस्कृतिक चेतना र आपसी एकता सुदृढ गर्ने लक्ष्यसहित दीप उत्सव तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको बताए।

Advertisement 3

उनले सनातन परम्परा र मूल्य मान्यताको संरक्षणका लागि यस्ता कार्यक्रम निरन्तर गरिँदै जाने पनि स्पष्ट पारे। दीप प्रज्वलन, भजन–कीर्तन र धार्मिक मन्त्रोच्चारणसहित सम्पन्न कार्यक्रमपछि उपस्थित श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय भक्तजन, युवाहरू तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार