Advertisement 1
वलिउद्धिन खान र नरेन्द्र यादव को नेतृत्वमा रहेको मायादेवी गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध कडा कदम चालेको छ।
मायादेवी गाउँपालिका, कपिलवस्तुले वडा नं. १ देखि ८ सम्मका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका सम्पूर्ण घर तथा संरचना १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।
Advertisement 2
गाउँपालिकाका अनुसार विभिन्न उजुरी तथा अनुगमनका क्रममा सार्वजनिक जग्गा, बाटो, खुला क्षेत्र तथा अन्य सरकारी सम्पत्तिमा अवैध संरचना बनाइएको पाइएपछि यो निर्णय लिइएको हो। तोकिएको समयसीमा भित्र अतिक्रमण हटाइएन भने, गाउँपालिकाले कानुन बमोजिम बल प्रयोग गरी संरचना हटाउने र सो सम्बन्धी खर्च तथा क्षति समेत सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी दिएको छ।
गाउँपालिका अध्यक्ष वलिउद्धिन खान ले सार्वजनिक सम्पत्तिको संरक्षण सबै नागरिकको दायित्व भएको बताउँदै अतिक्रमण हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन्। साथै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव ले सूचना कार्यान्वयनमा कडाइ गरिने स्पष्ट पारेका छन्।
Advertisement 3
गाउँपालिकाले सर्वसाधारणलाई सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराउन समेत अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्