धन्नजय उपाध्याय/रुपन्देही
आज दुर्गामूर्ति विसर्जन हुने दिन नेपालको विभिन्न ठाउँमा कडा सुरक्षा अपनाई विसर्जन कार्यक्रम सम्पन्न भयो । यसैगरी मर्चवार क्षेत्रमा कडा सुरक्षा र व्यवस्थित ढङ्गले मूर्ति विसर्जन गरियो ।
मर्चवार को अधिकांश मूर्तिहरू कोटाहीमाँई गाउँपालिका वडा नम्बर ५ म रहेको दानव र तिनाउ नदीको संगम दुईमोहान घाट मा विसर्जन हुने गर्दछ । त्यसैलाई मध्यनजर राखेर दुईमोहान लाई सुरक्षित र व्यवस्थित बनाइएको थियो।
गाउँपालिका र वडासँग समन्वय गरी घाटको विभिन्न प्रवेश र निकास लाई घेराबन्दी गरी एउटा व्यवस्थित र सुरक्षित घाट बनाइएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । जल भर्ने, मूर्ति विसर्जन गर्ने वा अन्य धार्मिक जन जमावडा म हुने घटनालाई मध्यनजर राखेर यति सुरक्षा र व्यवस्था गरिएको त्रिपाठीले बताए । यसअघि मूर्ति विसर्जन गर्ने क्रममा अमरगञ्जवा एकै गाउँको तीनजना को दुईमोहान सिपावा पारिपट्टि डुबेर मृत्यु भएको थियो। त्यो यसपालि पनि नदोहोरियोस् भनेर सशस्त्र प्रहरी बल, नेपाल प्रहरी इलाका प्रहरी कार्यालय मझगावा , वडा र गाउँपालिकासँग समन्वय गरी प्रहरीहरू लाइफ बोट ज्याकेट र अन्य सुरक्षा सामग्रीहरूको साथमा घाटमा पुरै दिन मूर्ति विसर्जन गर्दा सुरक्षाको हैसियतले निगरानी गरिरहेको थिएँ ।
मर्चवारको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका १ सय भन्दा बढी मूर्ति बिसर्जन हुने अनुमान गरिएको ईलाका प्रहरी मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यलाले जानकारी दिए । शुक्रबारदेखि सुरु गरिएको व्यवस्थापन कार्य शनिबार पूर्ण रुपमा सकिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।
मुर्ति बिसर्जन गर्न जाँदा चर्को बाजा नबजाइ मर्यादित र सभ्य तरिकाले जान ,मदिरा तथा नशालु पदार्थको सेवन गरी मुर्ती बिसर्जन गर्न नजान प्रहरी निरीक्षक बस्यालले आग्रह गरेका छन् । बिसर्जनका लागि मुर्ति आउने विभिन्न बाटो तथा चोकमा प्रहरी खटाइने जानकारी गराउँदै र्यालीमा कुनै किसिमको हुलहुज्जत नगर्न उनले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्