२०८३ श्रावण १२
नेपाली समय

विशेष

ऋणदिलाई दिन्छु भन्दै झुक्याएर दुई किता जग्गा आफनै नाउँमा पास गराएको खुलासा 

२०७९ भाद्र १२, आईतवार १५:१३

 

 

लहान, ११ भदौ । लहान नगरपालिका वाड नं. २० बह्रमान गोर्छारी बस्ने मागैन महतोको छोराबुहारी डोमी महतोको छोरा हनुमानी महतोको पत्नी वर्ष ४६ की मिना कुमारी महतोलई लहान नगरपालिका वार्ड नं. २० कै घुरण महतोको छोरा वर्ष ३५ को मृगेन्द्र कुमार सिंहले ऋणको प्रलोभन देखाएर जग्गा पास गराएर बैंकवाट पाँचलाख ऋण उठाएर मिना कुमारी महतोलाई रु. तिन लाख दिएर पाँचलाखको प्रति महिना रु १२ (बाह्र) हजारको किस्ता किस्ता तिर्न लगाएका थिए ।

 

तर मिना कुमारी महतोले बैंकमा किस्ता ६ महिनासम्म मृगेन्द्र कुमार सिंहलाई दिदै आएको थियो । सिंहले २०७७ साल ६ महिना २९ गते मिना कुमारी महतोकी भवानीपुर कलावंजर वार्ड नं.९ (घ) को किता नं. ५५ को क्षेत्रफल ०–१–१७ जग्गा र ऐ.ऐ. वार्ड नं. ९ (ग) को किता नं. १३८ को क्षेत्रफल ०–३–१ को जग्गा मृगेन्द्र कुमार सिंहले मिना कुमारी सिंहलाई मालपोतको नजिंक पर्ने एक गलीमा मिना कुमारीकी कोही सम्वन्धित व्यक्तिलाई जानकारी नगराई कानुन व्यवसायको मिलामतोमा बैंकको नाउँमा जग्गा रोक्को नराखी मिगेन्द्रले आफनै नाउँमा राजिनमा पारित नै गराई आजभोली बैंकले पैसा दिन्छ भनि आलटाल गर्दै मिति २०७७ साल ९ महिना १८ गतेका दिन ३००००० ( तिनलाख ) रुपैया दिए।

 

मिगेन्दै सिंहले मिना कुमारीसँग लिएको किस्ता बैंकमा नबुझाए आफनै कामकाजमा खर्च गर्दै जाँदा बैंकले किस्ताको तगेदा गर्न र उल्लेखित कितामा संग्रिला डेभलोपमेन्ट बैंकका कर्मचारीले अनुगमन गर्न जाँदा मिना कुमारीलाई सुनाए कि माथि उल्लेखित किताहरु मृगेन्द्र कुमार सिंहको हो यो जग्गावाट रु पाँचलाख ऋण लिएकोले यो जग्गा बिक्रीमा रहेकोले धानखेती गर्नवाट रोक लगाउँदा वल्ल मिना कुमारी महतोले थाहा पायो कि म ठगी काण्डमा फसेको छु।

 

मिनाकुमारी सिंहले न्याय पाउनका लागि पत्रकार सम्मेलमार्फत माथिका सवै कुरा सुनाएका हुन । मिना कुमारी महतोकी दुईटा छोरा जस मध्ये जेठो बैदेशिक रोजगारमा छ भने कान्छो ससुरालीमै रहुने हुदा महतोकी छिमेकी मृगेन्द्र कुमार सिंहलाई पूर्ण बिश्वासका कारण राम्रो सम्वन्ध थियो।

 

मृगेन्द्र सिंहको गाडी र सम्पती बढी भएको कारण बैंकले बढी ऋण दिन्छ भने जस्ता प्रलोभन सुनाएर जग्गा बैंकमा राखेर ऋण उठाउन भनेका थिए तर आज जग्गा नै सिंहले आफनो नाउँमा पारी बिक्री समेत गर्न खोजेको कुरा पिडित मिना कुमारी सिंहले भनेका छन्।मिना कुमारी महतोले थप्दै भने मेरो श्रीमान अनपढ भएकोले आज म ठगीमा परेको छु ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125