कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल द्वारा नगरवासी हरुमा हार्दिक अनुरोध तथा मंगलमय शुभकामना व्यक्त
रंग हरुको पर्व होली काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई लगाएत समस्त शुभ चिन्तकहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी सम्पूर्णमा सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दैछु ।
सामाजिक सदभाव कायम गरी उच्छृङ्खल गतिविधिहरुबाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नको लागी कानुनी मापदण्ड पालना गर्नुहुन अनुरोध समेत गर्न चाहन्छु।
होली काे महान पर्वले तपाईका खुसी तथा उमंगमा कुनै कमी नआओस् । सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक तथा पारिवारिक सम्बन्ध सुमधुर कायम गर्न सघाउ पुर्याओस् भन्दै शुभकामना सहित शुभेच्छा प्रकट गर्दैछु । कपिलबस्तु नगरपालिका वसि हरुमा फागू पुर्णिमा (होली)को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछु।
अनुरोधका कपिलबस्तु नगरपालिका तथा नगर प्रमुख सुदिप पौडेल


प्रतिक्रिया दिनुहोस्