भैरव शिष्य ले मिति २०८१/०८/२२ गते भैरहवामा एउटा
कार्यक्रम गरी सिद्धार्थ बालगृहलाई खाद्यान्न सामग्री हस्तान्तरण
गरेको छ। मानव धर्म नै धर्म हो भन्ने मूल नाराको साथमा यो
कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय रूपन्देही
को प्रहरी नायब उपरीक्षक नवीन पौडेलको प्रमुख आतिथ्यमा
आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । सेवा नै
धर्म हो, अनि त्योभन्दा ठूलो मानव सेवा हो भन्ने संस्थाको
संस्थापक अध्यक्ष अबजेश कहार ले भने । हस्तान्तरणमा विभिन्न
खाद्यान सामग्रीहरू जस्तै, अण्डा, भुजा, चाउचाउ, बिस्कुट, घिउ,
केला आदि सामग्रीहरू सिद्धार्थ बालगृहलाई भैरव शिष्य ले
हस्तान्तरण गर्यो ।


प्रतिक्रिया दिनुहोस्