२०८३ श्रावण १३
नेपाली समय

राजनीति

यातायात सवारीका भ्रष्ट लेखाअधिकृत उपेन्द्र यादव भ्रष्टाचारको कमाईले भए मालामाल

२०८० असार १९, मंगलवार ०८:१९

 

रंजित चौरसिया,वीरगंज असार ।

यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले “दिन दुगुना रात चौगुना” भ्रष्टाचार कार्यमा तल्लीन देखिएका छन् । अधिकृत यादवले पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां करोडौं करोड भ्रष्टाचार गरी अकुत सम्पति जोडन सफल व्यक्तिको रुपमा चिनिन्छ । रौतहट जिल्ला निवासी यादवले पर्सागढी नगरपालिका वडा नं. ३ बढनिहारमा जग्गा किनेर तीन तल्ले घर बनाएका छन् । यति मात्र होईन, अधिकृत यादवले वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा पनि आलिशान महल जोडन सफल भएका छन् । अधिकृत यादवको नजिक उठबस गर्नेहरुका अनुसार उनी वीरगंजमा अझ दुई÷चार ठाउँमा घडेरी किन्न सफल भएको बताईन्छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत यादवले सवारीको लेखामा हाल कार्यरत्त रहदा घुसको रकम लिनैका लागि आधा दर्जन बिचौलिया परिचालन गरेको बताईन्छ । लेखा शाखामा जाने सेवाग्रहीहरुले बैंकको भाउचरमा ५०÷१०० को नोट बेरेर दिएपछि मात्र नगदी रसिद काटने गरेको बताईन्छ । अधिकृत यादवको अकुत सम्पत्ति हेरेर उनका निकटवर्तीहरु औला टोक्न बाध्य भएका छन् । अधिकृत यादवले कुन सालमा सरकारी सेवामा प्रवेश गरे ? हाल सम्म कति वर्ष भयो ? उनको तलब कति देखि सुरु भएर हाल सम्म कति भएको हो ? यसको लेखाजोखा नियमनकारी निकायले ग¥यो भने उनी कति भ्रष्टाचारी हुन सहजै पत्ता लाग्छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125