२०८३ बैशाख ४
नेपाली समय

राजनीति

राजनीतिक असन्तुष्टि चुलिँदा दिनेश हमालद्वारा नेपाली कांग्रेसको सक्रिय सदस्यबाट राजीनामा

२०८२ फाल्गुन ५, मंगलवार २०:४१

 

कपिलवस्तु,

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तु अन्तर्गत सक्रिय सदस्य रहेका दिनेश हमालले पार्टीको सक्रिय सदस्य पदबाट राजीनामा दिएका छन्। कपिलवस्तु क्षेत्र नम्बर २ का हमालले देशको वर्तमान राजनीतिक अवस्था र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएको जानकारी दिएका हुन्।

सभापति समक्ष सम्बोधन गर्दै उनले देशको परिस्थिति, सरकारको भूमिकाप्रति असन्तुष्टि र युवापुस्ताले उठाएको परिवर्तनको आवाजलाई आत्मसात् गर्दै आफूले पद त्याग गरेको उल्लेख गरेका छन्। उनले वर्तमान सरकार जनताप्रति गैरजिम्मेवार देखिएको र जनभावनाप्रति सहानुभूति नदेखाएको आरोप लगाएका छन्।

परिवर्तनको पक्षमा उभिँदै नयाँ पुस्ताले अघि सारेको अभियानप्रति समर्थन जनाउँदै आफूले आजकै मितिबाट नेपाली कांग्रेसको सक्रिय सदस्यको जिम्मेवारी त्यागेको हमालले बताएका छन्।

उनको राजीनामासँगै कपिलवस्तुको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। आगामी दिनमा हमालको राजनीतिक कदम कता मोडिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार