२०८३ श्रावण १२
नेपाली समय

समाज

प्रधानाध्यापकहरूसँगको साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ १४, बुधबार १९:१४

 

बुद्धभूमि नगरपालिका, मायाज –

पिस नेपालद्वारा आयोजना गरिएको र रूम टु रिडको सहयोगमा सम्पन्न “प्रधानाध्यापकहरूसँगको साक्षरता तथा अभिमुखीकरण कार्यक्रम” होटल मायाज, बुद्धभूमि नगरपालिकामा सफलतापूर्वक सम्पन्न भयो।

 

कार्यक्रममा बुद्धभूमि नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए। सहभागीहरूले विद्यालयमा बालबालिकाको साक्षरता अभिवृद्धिमा प्रधानाध्यापकको भूमिकाबारे आवश्यक प्रशिक्षण तथा मार्गनिर्देशन प्राप्त गरे।

 

उक्त कार्यक्रमले स्थानीय विद्यालयहरूमा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। साक्षरता अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश कार्यक्रमले प्रवाह गरेको थियो।

 

कार्यक्रममा सहभागीहरूको उत्साह र प्रतिवद्धता उल्लेखनीय रह्यो। कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125