२०८३ श्रावण १२
नेपाली समय

समाज

मर्चवार को युवाहरु द्वारा मर्चवारी मन्दिर प्राङ्गणलाई सफाई कार्यक्रम सम्पन्न ।

२०८१ कार्तिक २२, बिहीबार ११:५७

मर्चवार २१ कार्तिक । रुपन्देहीको मर्चवार क्षेत्रका युवाहरुद्वारा मर्चवारीदेवी मन्दिर परिसरमा सरसफाई गरी विभिन्न सामान हस्तान्तरण गरेका छन् । कोटहीमाई ६ नकहियाका युवा शिवदास गुप्ताको नेतृत्वमा विभिन्न युवाहरुबाट आर्थिक सहयोग संकलन गरी बुधवार उक्त सामान हस्तन्तरण गरेका हुन् ।

कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी समेत रहेका गुप्ताले साामाजिक भावले आएको रकम सामाजिक कार्यमा नै लगाएको बताए । उनले भने ‘मर्चवारीदेवी मन्दिर परिसरमा रहेका हनुमान मुर्तीलाई रंगरोगनको लागि समाजिक संजालमा आर्थिक संकलनको लागि आहवान गरेको थिए । रकम थोरै आयो र मुर्ती रंगरोगन अर्कै निकायबाट हुने भएपछि यसलाई सोही मन्दिरमा लगानी गर्ने उद्देश्यले मर्चवारको विभिन्न युवाहरुको उपस्थितीमा सरसफाई गरी २० वटा डस्टबीन (फोहोर फाल्ने भाँडो), फोहोर संकलन ४० थान बोरा र १० थान कुचो मन्दिरलाई हस्तान्तरण गरेका हौँ ।’

समाजवादी विद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले मर्चवारी मन्दिरको फोहोर ब्यवस्थापन प्रति मन्दिर ब्यवस्थापन समिति सक्रिय हुनुपर्ने बताए । मन्दिरमा भण्डार, मुन्डन, भोज भतेर गर्नेहरुलाई कडा निगरानीका साथ फोहोर ब्यवस्थापन गराउन यादवले आग्रह गरे । समाजिक कार्यमा युवाहरु हाथेमालो गर्न आग्रह गर्दै यादवले सम्पूर्ण जनसमुदायमा छठ् पर्वको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित रामजीवन यादवले मन्दिर जस्तो पवित्र स्थललाई सफा राख्न हरेक नागरिकको कर्तब्य रहेको बताए । मर्चवारीदेवी मन्दिर मर्चवारकै धरोहर रहेको बताउदै यसको विकास र ब्यवस्थापनको लागि हरेक मर्चवारवासी सहित हरेक सनातनीले सकारात्मक हुनुपर्ने बताए ।

सम्मरीमाई ६ असुरैनाका युवा शिवसरण लोध (कृष्णलाल)ले मन्दिर संगै हरेक टोल बस्ती तथा चौकलाई पनि हामी युवाहरुले फोहोर मुक्त बनाउनमा जुटनुपर्ने बताए । आउने दिनमा अब्यवस्थित फोहोरले समाजको लागि घातक रहेको बताउदै अहिले नै सबै युवाहरुले प्लाष्टिक सहित अन्य फोहोरको उचित ब्यवस्थापन र सार्बजनिक स्थलको नियमित सरसफाई गर्नुपर्ने बताए ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125