२०८३ श्रावण ११
नेपाली समय

समाज

कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर बाट हजार बढी लाभान्वित  

२०८० माघ ११, बिहीबार २१:४१

 

कृष्णनगर, माघ ११

 

 

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कृष्णनगर, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समान्वयमा कृष्णनगर नगरपालिका वडा नं १२ राष्ट्रीय आधारभूत विद्यालय हृदयनगरमा संचालन भएको निशुल्क स्वास्थ्य शिविर बाट एक हजार तीन जना सेवा ग्राही लाभान्वित भएका छन्। 

 

 

सेवा ग्राही हरु हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी सेवा ), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायत सम्बंधित चिकित्सकहरु द्वारा आवश्यक परामर्श तथा चेकजाच गराएका थिए भने आवश्यक औषधि निशुल्क रूपमा वितरण गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए।

 

 

निशुल्क स्वास्थ्य शिविर आज १० बजे देखि संचालन गरिएको तथा सेवा ग्राही हरूको भिडभाड समेत रहेको जस्मा युनिवर्सल मेडिकल कालेज भैरहवाका डाक्टरहरू तथा कृष्णनगर नगरपालिकाका स्वास्थ्यकर्मी हरू सेवा दिदै सेवा ग्राही हरुको मन जित्न सफल भएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनुभयो।

 

 

सो सिविरमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय, लगायतको सहभागितामा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो भने स्वास्थ्य शिविरले कृष्णनगर क्षेत्रका धेरै व्यक्ति लाभान्वित भएको तथा बेला बेलामा यस्तो स्वास्थ्य शिविर संचालन हुनुपर्ने स्थानीयले विश्वास व्यक्त गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125