फागुन १५ ।
कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेश नाथ तिवारीले आफनै जग्गामा काठ चिर्ने सः मिल खोलेर मासिक भाडा असुल्दै आएका छन ।
अध्यक्ष तिवारीले जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ बाडेगाँवमा ३ बर्ष पहिले आफनै जंग्गामा सः मिल स्थापना गरी मासिक ७२ हजार जग्गा भाडा लिदै आएका छन । सः मिलको लागि बनेको ट्रष्टमा अध्यक्ष तिवारीले आफ्नो ट्याक्टर समेत राख्दै आएका छन ।
तिन बर्ष पहिले स्थापना गरिएको सः मिलमा अझैसम्म विद्युत समेत जडमा नरी तिवारीले भाडा लिदै आएको नाम नबताउनु सर्तमा एकजानले जानकारी दिनुभयो ।
तिवारीले सः मिल रेखदेख गर्न आफ्नै गाँउको एक जनालाई मासिक ११ हजारको दरले हेरालु समेत राखेका छन ।
सञ्चालन नै नभएको सः मिलको जग्गाको भाडा लिनु गलत भएको नागरिक समाजको गुनासोँ रहेको छ ।
साझेदारी वनका अध्यक्ष गंगेश नाथ तिवारीले एक बर्षको वार्षिक ७२ हजार रकम मात्र बुझेको बताउनुभयो । पछिल्लो दुई बर्षको किस्ता रकम निकासी नभएको तिवारीले बताउनुभयो । साझेदारीका उपभोक्तालाई सहजताका लागि बाडेगाँवजमा सः मिल खोलेको तर अझैसम्म विद्युत मिटर जडान गर्न नसक्दा सः मिल सन्चालन नभएको तिवारीले जानकारी दिनुभयो ।
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति २०६७ सालमा स्थापना भएको थियो । तिवारी २०६७ देखी निरन्तर अध्यक्ष पदमा रहेका छन ।
कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं। ११ गरी ५ स्थानीय तहका २२ वडा समेटिएका छन् । कपिलवस्तु साझेदारी वन क्षेत्र ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस्