२०८३ बैशाख ३
नेपाली समय

विशेष

समुदाय को अवस्था बुझ्न सुआहारा प्रदेशिक टीम समुदायमा

२०७८ कार्तिक ३, बुधबार १९:०१

 

कपिलवस्तु : कृष्णनगर नगरपालिकामा फैलिएको हैजा महामारी नियन्त्रण गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो परियोजनाका प्रदेशिक वरिष्ठ संयोजक भरत शर्मा को नेतृत्वमा प्रदेश वास संयोजक मंगलदास दुवाल, कृषि संयोजक अर्जुन श्रेष्ठ, फिल्ड संयोजक कमला सापकोटा र स्वास्थ्य तथा पोषण अधिकृत बिजेन्द्र बन्जाडे लगायतको टीम ले समुदाय को अवस्था बुझ्नु भयो सुआहारा ले हैजा नियन्त्रण का लागि विभिन्न क्रियाकलापहरु गरी रहेको
माइकिंग, पीयूष, पियूष उपलब्ध गराएको, गाउँ गाउँ मा जनचेतना जगाउने काम, पोष्टर पम्पलेट, घरभेट परामर्श जस्ता काम गरी रहेको फिल्ड संयोजक कमला सापकोटा ले बताउनु भयो । पियूष, पानी टेस्ट किट, जनसचेतना कार्यक्रम को लागि थप कार्यक्रम गर्न को लागि नगर प्रमुख रजत प्रताप शाह ले सुआहारा प्रदेश संयोजक भरत शर्मा संग अनुरोध गरेका छन भन्ने कुरा पालिका पोषण सहजकर्ता पृथीपाल तेली ले बताउनु भयो ।

धेरै पढिएको

सम्बन्धित समाचार