प्रिन्स मिश्रा कपिलवस्तु !!
Advertisement 1
पछिल्लो समय फरक शैलीमा जन्मदिन मनाउने चलन बढ्दै गएको छ। केक काट्ने, होटलमा पार्टी गर्ने वा घुमघाममा फजुल खर्च गर्ने प्रवृत्तिभन्दा माथि उठेर मानवसेवालाई जीवनको सर्वोत्तम कार्य ठानी जन्मदिनको अवसरमा अस्पताल , विद्यालय , मठ, मन्दिर, बाल गृहमा सहयोग गर्ने कार्यहरू बढ्दै गएको देखिन्छ।
यस्तै उदाहरण कृष्णनगर नगरपालिका वडा नम्बर ९ निवासी समाजसेवी निर्भय सिंहले प्रस्तुत गर्नुभएको छ। उहाँले आफ्नो जन्मदिनमा फजुल खर्च नगरी शिवराज अस्पतालमा अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष तथा कृष्णनागर नगरपालिकाका मेयर रजत प्रताप शाहको अध्यक्षतामा ,अस्पतालका मेडिकल सुप्रीटेंडेंट डा हरि प्रसाद पाण्डेय, डा दुर्गेश लाल चौधरी, डॉ बृजेश जायसवाल,नर्सिङ शाखा प्रमुख बिन्दु पुन, अश्मिता, रुपेश झा, फार्मेसी शाखाका सुरेंद्र चौधरी लगायतको उपस्थितिमा ४ थान छतको पंखा र शिव प्रताप मावि भलवारीमा निर्माण हुँदै गरेको मन्दिरमा १० हजार बराबरको निर्माण समाग्री टायल्स सहयोग गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्