२०८३ श्रावण १४
नेपाली समय

क्याम्पस निर्माणका लागी ५० लाख भन्दा बढीको जग्गा दान 

२०७९ श्रावण ६, शुक्रबार १८:१६

Advertisement 1

 

कपिलबस्तु साउन ४

Advertisement 2

कपिलबस्तुको यशोधरा गाँउपालिका स्थित बहुमुखी क्याम्पस निर्माण गर्नका लागी स्थानीय समाजसेवीले १० कठ्ठा जग्गादान गरेका छन् । यशोधरा गाउँपालिका वडा नं.५ सुठौलीका श्री शोभनाथ कुर्मीले सो क्याम्पस निर्माण लाई १० कठ्ठा जग्गा दान गरेका हुन् ।

विद्यार्थीहरुको सुविधाको लागि सो क्याम्पसको भवन निर्माण गर्नलाई उहाले भौतिक सम्पत्तिको अभाव भएकोले त्यस अभावलाई परिपूर्ति गर्न मालपोत कार्यालयमा गएर आफ्नो नाममा भएको जग्गा क्याम्पसको नाममा नामसारी गरिदिने घोषणा गरेका हुन । क्याम्पसलाई उपलव्ध गराइएको जग्गा ग्रामीण सडकले छोएको हुनाले ५० लाख रुपैयाँ बराबर रहेको स्थानियहरुको भनाई छ ।

Advertisement 3

यशोधरा गाँउपालिकामा शिक्षा समाज र राष्ट्रको अभिन्न अंग भएकोले भौतिक संरचनाकै कारण शिक्षालयहरुले समस्या झेल्न नपरोस् भनेर क्याम्पस निर्माणका लागी जग्गा दान गरिएको शोभनाथ कुर्मीको भनाई छ ।

हाल त्यस जग्गाको प्रचलित मुल्य ५० लाख भन्दा बढीमा रहेको छ । जग्गा दाता दानवीर श्री शोभनाथ कुर्मी ज्यु लाई गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी,उपाध्यक्ष गुञ्जादेवी मौर्या, समाजसेवी राधेश्याम पाठक लगायतले मुरी मुरी धन्यवाद व्यक्त गरेका छन् ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125