२०८३ श्रावण १५
नेपाली समय

कोटाहीमाईमा लायन्स क्लब र मर्चवार प्रेस क्लबद्वारा वृक्षारोपण

२०८३ श्रावण १५, शुक्रबार ११:११

मर्चवार।बढ्दो वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्दै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ रुपन्देहीको कोटाहीमाईमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ भैरहवा लिगेसी र मर्चवार प्रेस क्लबको संयुक्त आयोजना एवम् इलाका प्रहरी कार्यालय मझगावा र सशस्त्र प्रहरी बल मझगावाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement 1

 

मिति २०८३ साउनको १५ गते शुक्रबारका दिन कोटाहीमाई गाउँपालिका वडा नं. ५ स्थित दुईमोहान पक्की पुलको छेउ-छेउमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ। वातावरणलाई स्वच्छ र हराभरा बनाउन धार्मिक तथा औषधिजन्य महत्त्व बोकेका पिपल, निम, बेललगायतका विभिन्न फलफूल तथा छायाँदार बिरुवाहरू रोपिएको आयोजकले जनाएका छन् ।

Advertisement 2

 

लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण कोइराला र मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement 3

 

कार्यक्रममा वातावरणीय स्वच्छता र प्राकृतिक सन्तुलन कायम राख्न सामाजिक संघ-संस्था, सञ्चारकर्मी र सुरक्षा निकायको यो हातेमालो निकै उदाहरणीय रहेको सहभागीहरूले बताए। स्थानीय दुईमोहान पक्की पुल क्षेत्रलाई हरियाली र सौन्दर्यीकरण बनाउन यो अभियानले ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार तथा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा कोटाहीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष संजय कुमार सैनी, इलाका प्रहरी कार्यालय मझगावाका प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) तपेन्द्र बिष्ट र सशस्त्र प्रहरी बल मझगावाका प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) बिकास थापाको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी, लायन्स क्लब अफ भैरहवा लिगेसीका निवर्तमान अध्यक्ष राजन शुक्ला, संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, मर्चवार प्रेस क्लबका कोषाध्यक्ष जैस मोहम्मद खान, सचिव असलम खान, सदस्य धनन्जय उपाध्याय र शिवदास गुप्ता, समाजिक अभियन्ता चन्दन तिवारी लगायत का पत्रकार, सुरक्षाकर्मी र सर्वसाधारणको उपस्थिति रहेको मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले जानकारी दिनुभयो।

रोपिएका बिरुवाहरूको संरक्षण र रेखदेखका लागि पनि स्थानीय स्तरमा आवश्यक समन्वय गरिने आयोजक पक्षले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125