२०८३ श्रावण ११
नेपाली समय

विशेष

जनताको मायाले उत्साहित आशीष शर्मा

२०८२ फाल्गुन ३०, शनिबार १८:५५

 

चुनाव हारें पनि जनताको माया जितेँ” – मायादेवीमा आशीष शर्माको भावुक सन्देश

समाचार:✍️ रोहित वरुण

मायादेवी गाउँपालिकामा “जनतासँग जनप्रतिनिधि” कार्यक्रम अन्तर्गत आयोजित भेटघाट कार्यक्रममा स्वतन्त्र उम्मेदवार आशीष शर्मा ले जनताको माया र विश्वासप्रति आभार व्यक्त गरेका छन्। गाउँ–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने क्रममा भएको कार्यक्रममा स्थानीय नेताहरू, युवा समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी प्रसाद चौधरी, बद्री प्रसाद चौधरी, युवा समर्थक तथा स्टार प्रचारक राजन पांडेय लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै आशीष शर्माले भावुक हुँदै भने,

“म दस वटा चुनाव हार्न तयार छु, तर तपाईंहरूबीचको यो एकता नटुटोस्। जसरी तपाईंहरूले मलाई साथ दिनुभयो, त्यो मेरो लागि ठूलो सम्मान हो। चुनाव म हारें होला, तर तपाईंहरूको माया र विश्वास जित्न सफल भएँ। तपाईंहरूलाई एक ठाउँमा जोड्न सकेँ, यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।”

भेटघाट अभियान अन्तर्गत स्वतन्त्र उम्मेदवार आशीष शर्मा हालसम्म मायादेवी गाउँपालिकाका प्रायः सबै वडामा पुगिसकेका छन्। अब वडा नं. ७ मात्र बाँकी रहेको बताइएको छ। गाउँ–टोलमा पुगेर जनताको समस्या सुन्ने र संवाद गर्ने उनको अभियानलाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ।

कार्यक्रमको अन्त्यमा शर्माले “जय मायादेवी, जय जनता” भन्दै सबैको भलो होस् भन्ने कामना व्यक्त गरेका थिए।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125