२०८३ श्रावण १२
नेपाली समय

राजनीति

जसपा को पदाधिकारी चयनमा लुम्बिनी प्रदेशको कोषाध्यक्षमा विद्या यादव ।

२०८१ कार्तिक १४, बुधबार ०७:५२

धन्नजय उपाध्याय /कार्तिक १४

जनता समाजवादी पार्टी नेपालको पदाधिकारी तथा सदस्य चयन प्रक्रिया सम्पन्न भएको छ । दाङको देउखुरीमा सोमबार भएको बैठकमा समितिको उपाध्यक्षमा बाबु खाँ पठान, सचिवहरु शिवपुजन यादव, सुशीला पौडेल शर्मा, शिवकुमार चौधरी र कोषाध्यक्षमा विद्या प्रसाद यादवलाई चयन गरिएको पार्टीले जनाएको छ । कोषाध्यक्षको जिम्मेवारी पाएका युवा नेता यादव रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

 

त्यस्तै समितिको कार्यकारिणी समितिको सदस्यमा निरू गैरै, गौतम यादव, बच्चुलाल केवट, स्वामीनाथ शर्मा र महेमुद इद्रिसी चयन भएका छन् । केवट रुपन्देहीको गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

 

बैठकबाट प्रदेश समितिको सदस्य पदमा जयन्तीदेवी श्रीवास्तव, मो. सब्बिर अन्सारी, उत्तम गुप्ता र ईसरत मुकेरीलाई चयन गरिएको छ ।

 

जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा मुख्य सचिव राजन राना मगरको सञ्चालनमा भएको बैठकले उक्त निर्णय गरेको हो ।

 

जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राईको प्रमुख आतिथ्यता तथा पार्टीको केन्द्रीय सदस्य रीता यादव, केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्य सावित्रा वि.क., अब्दुल रसिद पठानको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

 

जनतासँग जसपा नेपाल : आधारभूत संगठन निर्माण अभियान तीव्र रुपमा सञ्चालन गर्न लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्ला अध्यक्षहरुलाई निर्देशन दिइएको पार्टीको लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष रामअवतार यादवले बताए ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125