२०८३ श्रावण १३
नेपाली समय

राजनीति

लुम्बिनीमा पहिलो पटक स्थानीयसँग कार्यशालासमृद्धि र बिकासकालागि स्थानीयसँग सहकार्य आवश्यक रहेको बक्ताहरुको जोड

२०८१ जेष्ठ १८, शुक्रबार ०९:०२

धनन्जय उपाध्याय लुम्बिनी
स्थानीयको सहभागिता र सहकार्यबिना लुम्बिनीको बिकास र समृद्धि सम्भव नभएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
लुम्बिनीमा पहिलो पटक विकास कोषले आयोजना गरेको स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठीमा बोल्ने अधिकांश बक्ताहरुले लुम्बिनीमा स्थानीय सहभागिता आवश्यक रहेको कुरामा जोड दिएका हुन् ।
बुद्धजन्मस्थल लुम्बिनीका स्थानीयसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले कोष र स्थानीय विच आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
कोषाध्यक्ष भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयहरुविच संवाद र छलफल नहुँदा कतिपय बिषयमा एकमत हुन नसकेको भन्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर–उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनीको विकास र समृद्धिका लागि नगरपालिका सहयोग गर्न तयार रहेको तर समन्वय र सहकार्य नहुँदा समस्याहरु देखा परेको बताइन् । उपप्रमुख हरिजनले लुम्बिनी बिकास कोषले स्थानीयलाई लाभका कार्यक्रम सँगसँगै सहकार्यात्मक योजना अगाढि बढाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा. डा. सुवर्णलाल शाक्यले बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफुहरुले बौद्धशिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताए । त्यसैगरि लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीयको समस्यामा आफुहरु संवेदनशिल रहेको बताउँदै समस्याहरुको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल भएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयका गुनासाहरु बारम्बार आइरहने भएकाले स्थानीयसँग छलफल गर्न थालिएको बताए ।
गोष्ठीमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले लुम्बिनी धार्मिक तथा साँस्कृतिक आश्थाको केन्द्र हुँदाहुदै मायादेबी मन्दिरमा सदिऔंदेखिको परम्परागत पूजापाठमा रोक लगाइएको भन्दै आक्रोस पोखे । उनले भने, “स्थानीयसँगको दूरीले लुम्बिनी बिकस कोष बेथितीको अखडा भयो, सहकार्य गरौ, हामी हातेमालो गर्न तयार छौं, त्यसले समृद्धिको पथमा अगाडी बढ्न सहयोग पुग्ने छ ।”
कार्यक्रममा लम्बिनी होटेल संघका अध्यक्ष गोबिन्द ज्ञवाली, पर्यटन ब्यवसायी बिष्णु बस्नेत इ.रामलाल गुप्ता लगायतले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै विकास भएको, स्थानीयहरुसँग सहकार्य र समन्वय नभएको, विकासमा स्थानीय पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवी मन्दिर क्षेत्रमा परम्परादेखि गरिदै आएको पूजाआजालाई सहज बनाउनुपर्ने लगायतका सुझावहरु राख्नु भएको थियो ।…
कार्यक्रममा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, संघसंस्थाका प्रतिनिधि एंव स्थानीय सरोकारवालाहरुले विभिन्न सुझावहरु राखेका थिए ।
कार्यशालाले स्थानीयको समस्या र सुझाव सहितको प्रतिवेदन तयार पार्नका लागि सुदीप अर्यालको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिती गठन गरेको छ । समितीमा प्रभात सापकोटा, बलबहादुर आचार्य, गंगाराम कहार, रामविकास चौधरी, पुरुषोत्तम अर्याल, सन्तोष गिरी, बब्लु गुप्ता र कमलेश वर्मा रहेका छन् । समितीले समस्या पहिचान गरेपछि अर्को चरणमा फेरी गोष्ठि गरेर कार्ययोजना तयार पारिने कोषले जनाएको छ ।…

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125