पर्वत , विहादी ।
“घर घरमा माओवादी – जन जनमा माओवादी ” माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शुक्रबार पर्वतको विहादि गाउँपालिका वडा नम्बर २ बराचौर को रास्कोट नौनादि जैसिचौपारि सडक सरसफाइ गरिएको छ । यो अभियानबाट रास्कोट सम्म गाडी आवतजावत गर्न अब कुनै समस्या हुने छैन ।घर घरमा माओवादी –
जन जनमा माओवादी कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको थियो । उक्त अभियान बाट स्थानीय जनशक्ति को राम्रो सदुपयोग गर्ने हो भने गाउँ को विकास गर्न को लागि कुनै समस्या नहुने साथै डोजर्को समेत आवस्यक नपर्ने देखियो । यो अभियान बिहादीका ६ वटै वार्डमा संचालन गर्ने नेकपा माओवादी केन्द्र बिहादीका अध्यक्ष ऋषि भुसालले बताउनु भयो ।
उक्त अभियान मा सहभागिता भइ जनश्रमदान गर्ने सम्पुर्णमा बिहादी गाउँपालिका माओवादी केन्द्र वडा नम्बर २ बर्राचौरका संयोजक पोस्कान्त पौडेलले धन्यवाद व्यक्त गरेका थिए भने उक्त सडक मर्मत अभियानमा नौनादि टोल सुधार समिति का संयोजक युवा समाजसेबि राज गिरि स्थानीय युवा प्रेमबहादुर नेपाली , रेशम गिरी, राजुु नेपाली लगायतका को उपस्थिति रहेको थियो भने काम गर्नेका लागि खाजा सौजन्य युबा समाजसेवी बिष्णु गिरि , चम्पा गिरि ,र भागिरथ पौडेलले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्