Dhurbasatyakhabar.com
कपिलवस्तु , मायादेवी३, फुलिका
नेपाली कांग्रेस मायादेवी गाउपालिका वडा नं ३ का सवै गाउटोलमा स्थानीय निर्वाचन केन्द्रित टोल समिती गठन भैराखेको छ। १३ वटा गाउटोल रहेको सो वडामा सबै गाउमा समितिहरु गठन भैरहेको जानकारी नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं१ का संसदीय बोर्डका सदस्य अतिकुररहमानले बताउनु भएको छ। बरसौली र बडकी खैराटी गाउमा समितीहरु गठन भैसकेको र बाकी गाउमा गठन गर्ने प्रकृयामा रहेकको कुरा वडा नं ३ का वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले बताउनु भयो। नेपाली कांग्रेस यो बडामा अत्यधिक बहुमत विजयी हुने अगुवा कांग्रेसी नेताहरुको भनाई रहेको छ।


प्रतिक्रिया दिनुहोस्