२०८३ श्रावण १६
नेपाली समय

राजनीति

माओवादी केन्द्र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सयौँ जना पार्टी प्रवेश

२०७८ कार्तिक २८, आईतवार २०:३८

 

कपिलवस्तु, कार्तिक २८
ल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी सयौँ जना प्रवेश गरेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिकामा आइतबार आयोजित बृहत पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम मार्फत एक सय भन्दा बढी पार्टीमा प्रवेश गरेको अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुका संयोजक हरिषचन्द्र खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले नेपालको हालको सबै परिवर्तन माओवादीको बलमा स्थापित भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कपिलवस्तुले आइतबार जिल्लाको शुद्धोधन गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश तथा बृहत प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेपालीहरुको दशकौँ देखिको सपना पुरा गर्न माओवादीले खेलको भुमिका कसैले पनि विर्सन नहुने बताउनुभयो । यस्तै उहाँले नेपालका सबै जातजाती, भाषाभाषी, समुदाय सहित मधेशका अल्पसंख्यक समुदायको उत्थानका लागि पनि माओवादी सधै लडिरहेको दावी पनि गर्नुभयो । हाल सुकुमवासी समस्या समाधनका लागि पनि आयोगले काम गरिरहेको भन्दै उहाँले भुमिहिन सुकुमवासीहरुको समस्या समाधान गर्न आफुले पनि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

 

यस्तै कार्यक्रमलाई माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समिति सदस्य रामलौटन तिवारी, जिल्ला इन्चार्ज तथा केन्दिय प्रतिनिधि कमल चुँदाली, जिल्ला अध्यक्ष रामचन्द्र शाह (विष्णु), शुद्धोधन गाउँपालिका कमिटि अध्यक्ष पोमनाथ यादव, मायादेवी गाउँपालिका कमिटि इन्चार्ज काशिराम यादव, किसान संघका जिल्ला अध्यक्ष नारायण भुषाललगाएतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले कपिलवस्तुमा माओवादी केन्द्रको प्रभाव र सत्रियताले विकासमा समेत सकारात्मक प्रभाव पारिरहेको भन्दै पार्टी प्रति धेरैको अकर्षण बढिरहेको बताएका थिए । उनीहरुले जनताका समस्या समाधान गर्नका लागि माओवादी केन्द्रले स्थानीय तह देखि केन्द्र सम्म हरेक समयमा खबरदारी गर्दै आएको पनि बताएका छन् ।

सम्पन्न कार्यक्रम मार्फत जिल्लाका विभिन्न स्थानमा क्रियाशिल विभिन्न पार्टी परित्याग गरी सयौँ जना पार्टी प्रवेश गरेको युवा नेता हरिषचन्द्र खनालले जानकारी दिनुभयो । विशेष गरी शुद्धोधन गाउँपालिका भित्र क्रियाशिलन विभिन्न संघ संस्थामा आबद्ध बुद्धिजिवि सहित विभन्नि पार्टी परित्याग गरी उनीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।कार्यक्रम माओवादी नेतृ सरस्वती केसीको संचालनमा सम्पन्न भएको हो ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125