२०८३ बैशाख ३
नेपाली समय

समाज

सशस्त्र प्रहरीलाई कपिलबस्तु नगरपालिकाद्धारा बिपद सामग्री हस्तान्तरण

२०८१ श्रावण २२, मंगलवार १६:३९

साउन २२
कपिलबस्तु , गुलाम अली
कपिलबस्तु नगरपालिकाले बिपद ब्यवस्थापनको लागि सशस्त्र प्रहरीलाई रु ५ लाख बराबार सामग्री हस्तान्तरण गेरेको छ ।
कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेलाई बिपद् साम्रगी हस्तन्तरण गर्नु भएको हो ।
सामग्री हस्तान्तरण पछि नगर प्रमुख पौडेलले प्रहरीलाई बर्तमान समय बिपद्को बेला बिपद परेकोलाई सामाग्रले केहि सहयोग पुग्ने बताउनु भएको छ , नगरपालिकाले आवश्यकता परेको बेला सधै प्रहरीलाई सहायोग गदै आएको बताए
कपिलबस्तु नगरपालिकाका संयोजक वडा ७ अध्यक्ष ईन्द्रमणी कुर्मी करिब ५ लाख बराबरको १४ प्रकारको सामग्री हस्तान्तरण गरेको बताए ।
जस अन्तर्गत कुल्हाडी र हान्डल ४ थान , हेलमेट १४ जोडि , चट्टान हेटोडा १ , सानो चरखी ,चडने डोरी ,सर्च लाईट लगायतको समाग्री हस्तान्तरण गरिएको हो ।
यसले बिपदमा सशस्त्र प्रहारीलाई सहयोग हुने उपरीक्षक पाण्डेयले जानकारी दिनु भएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार