२०८३ श्रावण १२
नेपाली समय

विशेष

हप्ताभित्र बहादुरगंज नजिक दुई ट्रान्सफर्मर चोरी , कृषक चिन्तित 

२०७९ जेष्ठ १८, बुधबार २१:०८

 

 

कृष्णनगर,जेष्ठ १८ । कृष्णनगर नगरपालिका वडा नं ८ मा एक हप्ताभित्र बहादुरगंज नजिकको गाँउका दुई सिंचाई ट्युबेलका ट्रान्सर्फमर चाेरी हुंदा कृषकहरुलाई चिन्तित बनाएकाे छ ।

 

गएकाे शनिबार देवानगढिया गाउंकाे पुर्वमा रहेकाे ट्युबवेलकाे

ट्रान्सफर्मर चोरी भएको छ भने तीनपछि मंगलवार रात्रि डगरमरवा गाँउमा रहेको ट्युबवेलकाे अर्काे ट्रान्सफर्मर चोरी भएको छ l

हप्ता दिनमै बोरिंग सिचाईका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुदाँ स्थानीय जनता निराश हुनुका साथै सबंधित निकायको पटक पटक ट्रान्सफर्मर चोरी हुदाँ ध्यान न दिनु आफैमा गम्भीर प्रश्न खडा भएको बताउदै तत्काल चोरीमा संलग्न व्यक्ति लाई पक्राउ गर्न माग समेत गरेका छन् l

 

सो चोरी सम्बंधमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख कमर आलम खान संग बुझन खोज्दा उहाँ ले ठेकेदार मार्फत सिचाईका लागि खरिद गरिएको ट्रान्सफर्मरमा हाम्रो काम लाइट सप्लाई गर्ने रहेको बताउदै ट्रान्सफर्मर मा बेलिडिङ तथा गाँउ घर नजिक ट्रान्सफर्मर राखि त्याहा बाट तार तानि सिचाईका लागि लगाइएको बोरिङ सम्म पुर्याउन सके चोरीको घटना कम हुने तर्क दिए l

ट्रान्सफर्मर चोरी सम्बंधमा इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रमुख प्रहरी नायब निरिक्षक दिपेन्द्र गिरी संग बुझ्दा उहाँले रात्रि समयमा प्रहरी गस्ती बढाएको र चोरहरू परोफेशनल नै हुन सक्ने बताए l

ट्रान्सर्फमर चाेरि गर्नेहरु विद्धुतिय काराेबारका एक्सपर्ट नै हुन्छन ,प्रहरीले तरखरता देखाउन जरुरी रहेको,धानबालीका लागि बेर्न हाल्ने समयमा सिंचाईका ट्युबवेल ट्रन्सफार्मर चाेरी हुनु चिन्ताजनक रहेको बताउदै पटक पटक घटना दाेहाेरिनु सुरक्षा निकायमाथि पनि प्रश्नचिह्न खडा भएको स्थानीयहरूको भनाई रहेको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125