मिति २०८०/०९/२१ गते हिरोज आफ मर्चवार अवार्ड २०८० बारे रुपन्देही युवा समूह को पदाधिकारीहरु मिलेर प्रेस कॉन्फ्रेंस गरी कार्यक्रम बारे बिभिन्न कुराहरु बताएका छन् ।
रुपन्देही युवा समुह को जिल्ला अध्यक्ष बिशाल गुप्ता ले कार्यक्रमलाई सभ्य र भव्य रूपले कसरी सम्पन्न गर्न भन्ने बारे सम्पूर्ण समुह को सदस्यहरू र पत्रकार हरु सँग बृहत छलफल गरे । रुपन्देही युवा समूहले यही माघ १३ गते एउटा ठुलो कार्यक्रम मर्चवार मा पहिलो चोटि गर्न गइरहेको छ । कार्यक्रम को मुख्य टाईटल हिरोज् आफ् मर्चवार अवार्ड रहेको छ । यस कार्यक्रम अन्तर्गत समुहले १३ वटा बिधा हरु बनाएको छन् । जस वाट १३ वटै क्षेत्र वाट डिजर्विंग व्यक्तिलाई समूहले अवार्डबाट सम्मानित गर्नेछ भन्ने समूहको रुपन्देही जिल्ला अध्यक्ष बिशाल गुप्ता ले जानकारी दिएका छन् ।
योग्य व्यक्तिलाई छनौट प्रक्रियाबारे पत्रकार रामबिकास चौधरी ले प्रश्न गर्दा, सम्पूर्ण क्षेत्रबाट अलगअलग एक्सपर्ट छनौट गरी कम्तिमा प्रत्येक क्षेत्रबाट १०-१५ जना व्यक्तिको नाम दिने । फेरि एउटा अलग माइनेट का प्रत्येक क्षेत्रबाट श्रेष्ठ एक्सपर्ट छनौट गरी ति १०-१५ जना मध्ये योग्यतापूर्ण एक वा दुईजनालाई निष्पक्षताले चुन्ने विशाल गुप्ताले बताए ।
मर्चवार क्षेत्र नम्बर ४ को अध्यक्ष पदमा शैलेस यादव र
इन्चार्ज पदमा मर्चवार क्षेत्र न ४ बाट निकै नै लगनशील, मेहनती, समाजसेवी युवा शिवसरण लोध (कृष्णलाल लोध) लाई पद मा नियुक्त गरेको गुप्ताले बताए ।


प्रतिक्रिया दिनुहोस्