२०८३ श्रावण १३
नेपाली समय

राजनीति

उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

२०८० चैत्र २, शुक्रबार १३:३३

 

कपिलवस्तु,  फाल्गुन २८

 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l

 

मौलाना मशहूद खां ले बताउदै भने एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४५ हो भने रमजानको नवौँ महिना हो ।रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा सुख शांति एवम् समृद्धिको कामना सहित शुभकामना दिदै बिशेष परिस्थितिका व्यक्ति बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए।साथै रमजानमा दानको समेत बिशेष महत्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने बताउदै रमाजमा नमाज तथा कुरान शरीफ पढ्नाले विशेष पुण्य प्राप्त हुने बताउदै उपवास इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भहरू मध्ये एक हो। बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हज मा विश्वास गरिन्छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125