२०८३ श्रावण १४
नेपाली समय

राजनीति

उप-मेयर महतो द्वारा लहान १८ मा अनुगमन

२०७९ असार १३, सोमबार ००:१८

 

महेश सिंह सिरहा लहान १४ असार – सिरहाको लहान नगरपालिका १८ स्थित पोखरीया गडमा पोखरी सौर्न्दर्य करणको काममा टुक्रा ईटा प्रयोग भएको लहान नगरपालिकाको उप- मेयर राम चलितर महतोले अनुगमनमा जादा तथ्य फेला पारेको छ्।

वन तथा प्रर्यटन मन्त्रालय मधेस प्रदेश सरकारले सुचिकृतमा रहेको प्रर्यटक क्षेत्र पोखरीया गडमा श्रमदान सहित ४० लाखमा निर्माण भई रहेको पोखरी सौर्न्दर्य करणको काममा टुक्राईटा मात्र प्रयोग भएको र ढलानमा कम मात्रामा सिमेन्ट प्रयोग गरेर काम गरि रहेको अनुगमनमा गएका उपमेयर राम चलितर महतोले अनुगमनबाट तथ्य फेला पारेका छन्।

एसटिमेट अनुसार काम नभएको अनुगमनले खुलन गएको छ ।उक्त निर्माण कार्यको उपभोक्ता समितिका अध्यक्ष प्रमोद कुमार यादव, काम सहयोगी स्थानीय हृदय नारायण महतो लगायत ब्यक्तीहरुले उपभोक्ता सदस्यमा रहेका छन्।

लहानका उप मेयर राम चलितर महतोले अनुगमनमा जादा मन्दिर प्रर्यट र धार्मिक स्थल भएकोले काममा कमि कमजोरी नगर्न र कामलाई गुणस्तरीय बनाउन उपमेयर महतोले निर्देशन दिएका हुन्।अनुगमनमा उपमेयर महतो र लहान १८ का वडा अध्यक्ष मो.समशेर लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको थियो।लहानमा अनुगमनकाको काममा ढिलाई नगरी निरन्तर रहने उनले बताए।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125