२०८३ श्रावण १४
नेपाली समय

राजनीति

नगर प्रमुख रजत शाहद्वारा सपथ ग्रहण

२०७९ जेष्ठ ७, शनिबार ०८:०८

 

 

अजय मिश्र, कृष्णनगर जेष्ठ ६

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज पद तथा गोपयिनताको सपथ लिएका छन् l कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले आज शाहलाई सपथ ग्रहण गराएका छन् l उक्त सपथ ग्रहणमा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायत अन्य रहेका थिए l

 

 

सपथ लिनु भएका शाहले अब नगरपालिका उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ ।

सो ऐनको दफा १०९ (२) अनुसार प्रमुखले उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनु पर्ने व्यवस्था रहेको छ । कृष्णनगर नगरपालिका प्रमुखमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125