कपिलवस्तु असाेज १३ गते ।
कपिलवस्तुकाे शिवराज नगरपालिकाका शिक्षक नेपाली काँग्रेसकाे निर्वाचनमा खटिए पछि पढाइ प्रभावित भएकाे छ । काेभिडका कारण बन्द भएकाे बिद्यालयमा भाैतिक दुरी कायम गरि पढाइ संचालन हुँदै गर्दा बिद्यालय बन्द गरि काँग्रेसकाे अधिवेशनमा सहभागी भएकाे पाईएकाे छ । स्राेतका अनसार नेपाल आदर्श मा बि शिबपुरका ६ जना शिक्षक नै अधिवेशन गराउन खटिएका छन् । विद्यालयका प्रअ मुक्ति पाेखरेल सहित शिक्षक माेहन पाण्डे , कमल पाैडेल, जीवन खनाल , भिमार्जुन पाैडेल, लिला बहादुर घ.म. काँग्रेस अधिवेशन मै व्यस्त भएका छन् । एउटै बिद्यालयका धेरै शिक्षक राजनैतिक दलकाे कार्यक्रममा सहभागी हुदा नगरपालिका समेत माैन बसेकाे छ ।
यसै गरि नेपाल राष्ट्रिय मा.बि. चनाैटाका प्रअ बल देव लामिछागर , मैनार प्रा बि का प्र अ देब बहादुर जि सि, सरस्वती नि मा बि का शिक्षक डिला राम गैरे सहित अन्य विद्यलयका शिक्षकहरू पढाइ ठप्प गरि काँग्रेशको निर्वाचनमा खटिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइको मिति २०७८-०६-०७ गतेको विज्ञेप्ती अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनितिक पार्टीमा सम्लग्न सक्रियरूपमा पार्टीको कार्यकारी पदमा रहि काम गरेको वा राजनितिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागी भई विद्यालयको पठन-पाठन प्रभावित भएको प्रेस विज्ञेप्ति मार्फत ध्यानकर्षण भएको जनाएको थियो । शिवराज नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले उक्त पत्रको बेवास्त गर्दे चुनाबमा सहभागीता जनाएका छन् ।
शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) उपदफा ५ को “छ” मा उल्लेखित व्यवस्थाले शिक्षकहरू पार्टीको काममा सक्रिय हुने विषेशलाई निषेध गरेको छ ।
कुने पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पार्टीको स्रकिय राजनितीमा सहभागी देखियो भन्ने शिक्षा नियमावली २०५९(संशोधनसहित)को परिच्छेद २३, नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यस्था रहेपनि सराेकार वाला निकाय माैन बसेकाे छ ।
Skip This


प्रतिक्रिया दिनुहोस्