२०८२ फाल्गुन १९
नेपाली समय

कपिलवस्तु–१ मा आशिष शर्माको जनसम्पर्क अभियान : भुइँमान्छेसँगै बसेर खाना, दिल जित्ने राजनीति

२०८२ माघ २४, शुक्रबार २०:३१

कपिलवस्तु–१ मा आशिष शर्माको जनसम्पर्क अभियान : भुइँमान्छेसँगै बसेर खाना, दिल जित्ने राजनीति

Advertisement 1

कपिलवस्तु क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले चुनावी अभियानलाई जनमैत्री र व्यवहारिक ढंगले अघि बढाएका छन्। चुनाव चिन्ह ‘जीप’ लिएर मैदानमा उत्रिएका शर्माले गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट मात्र होइन, उनीहरूसँगै बसेर खाना खाँदै आत्मीय सम्बन्ध निर्माण गरिरहेका छन्। आशिष शर्मा स्थानीय बासिन्दासँगै लाइनमा बसेर साधारण भोजन ग्रहण गर्दै देखिन्छन्। कुनै औपचारिकता, कुनै तामझाम बिना जनतासँग मिसिएर गरिएको यो गतिविधिले उनको सादा, इमानदार र सेवामुखी नेतृत्व शैलीलाई प्रस्ट देखाउँछ।

स्थानीयले शर्माको यस किसिमको व्यवहारलाई सकारात्मक रूपमा लिँदै “नेता होइन, आफ्नै घरको सदस्य जस्तै” अनुभूति भएको प्रतिक्रिया दिएका छन्। चुनावी भाषणभन्दा कर्म र व्यवहारलाई प्राथमिकता दिने शर्माको अभियानले युवादेखि वृद्धसम्म आशा र भरोसाको संकेत दिएको छ।

Advertisement 2

जनताको दुःख–सुख नजिकबाट बुझ्ने, खेत–खलिहान र चुलो–चौकोसम्म पुग्ने उद्देश्यसहित अघि बढेका आशिष शर्मा कपिलवस्तु–१ मा वैकल्पिक र भरोसायोग्य नेतृत्वका रूपमा उदाउँदै गएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार