
Advertisement 1
मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार आशुतोष मिश्रले आफ्नो पक्षमा देखिएको व्यापक जनसमर्थनले निर्वाचन परिणाम स्पष्ट संकेत गरिसकेको दाबी गर्नुभएको छ।
घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त उत्साह, आत्मीयता र उल्लेखनीय सहभागिताले आफूलाई अझ आत्मविश्वासी बनाएको उहाँले बताउनुभयो। अपेक्षा गरेभन्दा धेरै भीड र सकारात्मक प्रतिक्रिया पाउँदा जनताको परिवर्तन चाहना स्पष्ट रूपमा देखिएको मिश्रको भनाइ छ।
Advertisement 2
उहाँका अनुसार नेपाली कांग्रेसप्रतिको भरोसा र नयाँ नेतृत्वप्रतिको आशाले गाउँ–गाउँमा उत्साहजनक वातावरण सिर्जना गरेको छ। घरदैलोमा जाँदा मतदाताहरू स्वयं अघि सरेर भेट्न आउने क्रमले जनलहरको संकेत दिएको उहाँले उल्लेख गर्नुभयो।
मिश्रले भन्नुभयो, “नयाँ सोच र स्पष्ट विकास योजनासहित अघि बढ्दा नेपाली कांग्रेसप्रतिको विश्वास झन् बलियो बनेको छ। रुपन्देही क्षेत्र नं. ४ मात्र होइन, देशभर नै सकारात्मक माहोल देखिएको छ।”
Advertisement 3
उहाँले निर्वाचनपछि क्षेत्रको समग्र विकास, रोजगारी सृजना, शिक्षा र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।



प्रतिक्रिया दिनुहोस्