२०८२ फाल्गुन १९
नेपाली समय

ढोका–ढोका पुगे स्वतन्त्र उम्मेदवार: घरदैलो अभियानमा आशीष शर्माको अभूतपूर्व सक्रियता

२०८२ फाल्गुन १७, आईतवार १६:३६

कपिलवस्तु क्षेत्र नम्बर १ मा चुनावी माहोल तातिँदै गर्दा स्वतन्त्र उम्मेदवार आशीष शर्मा ले अभियानलाई नयाँ मोड दिएका छन्। भाषण र मञ्चभन्दा बाहिर निस्केर उनले प्रत्यक्ष घरदैलोमार्फत जनतासँग आमने–सामने संवाद सुरु गरेका छन्।

Advertisement 1

क्षेत्रका नगरपालिका र गाउँपालिकाभित्रका सयौँ टोल तथा बस्तीमा पुगेर शर्मा आफैंले एक–एक घरको ढोका ढकढक्याउँदै मतदातासँग भेट गरिरहेका छन्। अरू उम्मेदवारहरू सडकछेउबाट हात जोर्दै वा सवारी साधनमार्फत प्रचार गर्दै अघि बढिरहेका बेला, शर्माले भने परम्परागत शैली तोड्दै प्रत्यक्ष उपस्थितिलाई प्राथमिकता दिएका छन्।

घर–आँगनमै पुगेका शर्माले बेरोजगारी, युवा पलायन, कृषि समस्या, आधारभूत पूर्वाधार र स्थानीय विकासका मुद्दा सुन्दै आफ्नो प्रतिबद्धता राखिरहेका छन्। “नेता चुनावमा मात्र होइन, सधैँ जनताको बीचमा हुनुपर्छ,” भन्ने सन्देश उनी दिन खोजिरहेका देखिन्छन्।

Advertisement 2

स्थानीय बासिन्दाले पनि उम्मेदवार घरमै आएको अनुभवलाई सकारात्मक रूपमा लिएका छन्। कतिपयले वर्षौंपछि पहिलो पटक उम्मेदवारले आफ्नो ढोका टेकाएको बताएका छन्।

चुनावी प्रतिस्पर्धामा भीडभन्दा विश्वास ठूलो हुने विश्लेषकहरू बताउँछन्। यही विश्वास जित्ने रणनीतिका साथ शर्मा अहिले क्षेत्रका बस्ती–बस्तीमा सक्रिय देखिन्छन्। चुनाव चिन्हसहित आफैं उपस्थित भएर मत माग्ने उनको शैलीले यस पटकको चुनावलाई फरक बनाउने संकेत दिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार