२०८२ फाल्गुन १९
नेपाली समय

दक्षिणदेखि उत्तरसम्म एउटै आवाज: आशिष

२०८२ फाल्गुन ४, सोमबार २१:१९

दक्षिणदेखि उत्तरसम्म एउटै आवाज: आशिष
कपिलवस्तु क्षेत्र नम्बर १ मा यसपटक चुनावी माहोल केही फरक देखिएको छ। गाउँ–गाउँमा स्वतन्त्र उम्मेदवार आशिष शर्माप्रति उत्साह बढ्दो छ। दक्षिण होस् वा उत्तर, चिया पसलदेखि चौतारासम्म एउटै चर्चा छ—“यसपटक केही नयाँ गरौं।”
स्थानीय युवाहरू खुलेरै समर्थन जनाइरहेका छन्। एक युवा मतदाताले भने, “हाम्रो एउटै विकल्प आशिष नै हुन्। एकपटक अवसर दिनैपर्छ। पुरानै अनुहार घुमाइरहँदा परिणाम उस्तै आउँछ, अब परिवर्तन चाहिन्छ।”
आशिष शर्माको चुनाव चिन्ह ‘जिप’ रहेको छ। समर्थकहरूले मतदातासँग जिप चिन्हमा मतदान गर्न हार्दिक आग्रह गरिरहेका छन्। उनीहरूको दाबी छ, अनुभवसँगै नयाँ सोच लिएर मैदानमा उत्रिएका शर्माले विकास, पारदर्शिता र युवाको सहभागितालाई प्राथमिकता दिनेछन्।
निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारप्रति बढ्दो जनलहरले यसपटकको प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ। अब मतदाताको निर्णयले नै तय गर्नेछ—यो उत्साह मतमा कति रुपान्तरण हुन्छ।

धेरै पढिएको

सम्बन्धित समाचार