Advertisement 1
मायादेवी गाउँपालिका वडा नम्बर २ का युवाहरूले स्वतन्त्र उम्मेदवार आशीष शर्मा लाई भव्य स्वागत गरेका छन्। युवाहरूले पोस्टर बनाएर आफ्नो समर्थन जनाएका छन् र शर्मासँग फोटो खिचेर खुशी व्यक्त गरेका छन्।
युवाहरूको भनाइ अनुसार, “हामीलाई अब नयाँ नेतृत्व चाहियो जसले युवाको कुरा सुन्छ र विकासको बाटो रोज्छ।” उनीहरूले आशीष शर्मालाई युवाको आवाज सुन्ने, काम गर्ने र विकासमा ध्यान दिने नेता भनी विश्वास व्यक्त गरेका छन्।
Advertisement 2
एकजना युवाले भने, “आशीष शर्मा हाम्रो लागि बेस्ट म्यान र युथ आइकन हुनुहुन्छ।” स्थानीय युवाहरूको उत्साहले आशीष शर्माप्रति जनसमर्थन झनै बढाएको देखिन्छ।
यस उत्साहपूर्ण स्वागतले आगामी चुनावमा युवाहरूको सक्रिय सहभागिता र समर्थन प्रकट गरेको छ।



प्रतिक्रिया दिनुहोस्