२०८२ फाल्गुन १९
नेपाली समय

मर्चवारको दानव नदीमा डुबेर ७५ वर्षीय वृद्धको मृत्यु

२०८२ फाल्गुन ८, शुक्रबार १८:०५

Advertisement 1

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ चक्कियाको दानौ नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीय लक्ष्मण मल्लाह रहेको इलाका प्रहरी कार्यालय मर्चवार ले जनाएको छ।

स्थानीयका अनुसार मल्लाह हरेक दिनझैँ शुक्रबार बिहान करिब ४ बजेतिर दिसापिसाबका लागि दानौ नदीतर्फ गएका थिए। तर सोही दिन साँझ करिब ३:३० बजे तिर भैँसी चराउन गएका स्थानीयले नदी किनारमा शंकास्पद अवस्था शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए।

Advertisement 2

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

मृतक मल्लाहको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ। रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार