२०८२ फाल्गुन १९
नेपाली समय

घर–घरमा आशिष, गाउँ–गाउँमा जीप: वडा नं. ७ ले दियो खुला समर्थन

२०८२ फाल्गुन ८, शुक्रबार १९:१२

फाल्गुन–८ गते (शुक्रवार)
कपिलवस्तु नगरपालिका वडा नं. ७ मा आज प्रतिनिधि सभा सदस्य उम्मेदवार आशिष शर्माको घरदैलो अभियान उत्साहका साथ सम्पन्न भएको छ। दिनभरि स्थानीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै उहाँले आफ्नो एजेण्डा प्रस्तुत गर्नुभएको थियो।
घरदैलो कार्यक्रमका क्रममा वडा नं. ७ का गाउँ–गाउँ र घर–घरबाट उहाँलाई आत्मीय स्वागत गरिएको थियो। स्थानीय महिलाहरूले फुलमाला लगाएर स्वागत गर्दै “विजयी हुनुस्, तपाईंको कामना सफल होस्” भन्दै आशीर्वाद व्यक्त गरेका थिए।
स्थानीय बासिन्दाहरूले खुलेरै समर्थन जनाउँदै भने, “आजसम्म हाम्रो घर–घरमा आएर आशीर्वाद लिने तपाईं एकमात्र व्यक्ति हुनुहुन्छ, हाम्रो सम्पूर्ण साथ तपाईंलाई नै हुनेछ।”
वडाभरि चुनाव चिन्ह जीपप्रति आकर्षण बढ्दो देखिएको छ। गाउँ–गाउँमा “जीपको लहर” र आशिष शर्माको नामको चर्चा तीव्र बन्दै गएको स्थानीयहरूले बताएका छन्।
आशिष शर्माले जनताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गर्दै, विकास, पारदर्शिता र युवाको नेतृत्वलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कपिलवस्तु क्षेत्रभित्र घरदैलो अभियानलाई निरन्तरता दिने योजना रहेको उहाँको सचिवालयले जनाएको

धेरै पढिएको

सम्बन्धित समाचार