कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारका रूपमा मैदानमा रहेका आशिष शर्माको घरदैलो अभियानमा उल्लेखनीय जनसमर्थन देखिएको छ। मायादेवी गाउँपालिका वडा नं. १, पकडीमा आयोजित घरदैलो कार्यक्रम उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ।
Advertisement 1
घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै शर्माले स्पष्ट सन्देश दिनुभयो, “अबको राजनीति आम जनसमुदायबाट टाढा होइन, अझ नजिक र उत्तरदायी हुनुपर्छ भन्ने मेरो विश्वास छ। मञ्चमा तयार पारिएका प्रश्नभन्दा पनि हरेक घर–आँगनबाट उठ्ने वास्तविक आवाजलाई इमान्दार जवाफ दिन म प्रतिबद्ध छु।”
स्थानीयवासीहरूले देखाएको विश्वास र आत्मीयताले आफूलाई अझ दृढ बनाएको उहाँले बताउनुभयो। “मायादेवी–१ मा पाएको प्रेम र भरोसाले मेरो अठोट झन् बलियो बनाएको छ,” उहाँले भन्नुभयो।
Advertisement 2
निर्वाचन कार्यालयले शर्मालाई चुनाव चिन्ह ‘जिप’ प्रदान गरिसकेको छ। घरदैलोका क्रममा समर्थकहरूले जिप छापमा मतदान गर्न आग्रह गर्दै उत्साह व्यक्त गरेका थिए।
पकडी क्षेत्रमा देखिएको सहभागिता र समर्थनलाई स्थानीय स्तरमा बढ्दो जनलहरका रूपमा विश्लेषण गरिएको छ। स्वतन्त्र उम्मेद्वारका रूपमा उठेका शर्माको अभियानले चुनावी माहोल थप तातेको देखिन्छ।



प्रतिक्रिया दिनुहोस्