२०८२ फाल्गुन १९
नेपाली समय

बालेन सरकार बनाउन मतदाता तयार छन् ः रास्वपा उम्मेदवार बनिया

२०८२ फाल्गुन १३, बुधबार १२:४५

Advertisement 1

मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कन्हैया बनियाले मर्चवार क्षेत्रमा परिवर्तनका लागि बालेन सरकार बनाउन मतदातामा उल्लेखनीय उत्साह देखिएको बताउनुभएको छ ।

घरदैलो अभियानका क्रममा मतदातासँग भेटघाट गर्दा स्थानीय नागरिकहरूमा सुशासन, पारदर्शिता र विकासप्रति गहिरो चाहना देखिएको उहाँको भनाइ छ। विशेषगरी काठमाडौंमा बालेन्द्र शाहले देखाउनुभएको कार्यशैलीले देशभर आशा जगाएको र त्यसको सकारात्मक प्रभाव मर्चवारका मतदातामा समेत परेको उम्मेदवार बनियाले बताउनुभयो। युवा नेतृत्वप्रतिको विश्वास, इमानदार शासनप्रतिको मोह र नयाँ राजनीतिक संस्कृतिप्रतिको आकर्षणले मतदाता उत्साहित देखिएको उहाँको भनाइ छ ।

Advertisement 2

सञ्चारकर्मीसँग कुरा गर्दै बनियाले भन्नुभयो, “अब मतदाता कुनै मत एजेन्टको निर्देशनमा होइन, आफ्नो क्षेत्रको समग्र विकास र आउने पुस्ताको सुरक्षित भविष्यका लागि स्वयं सचेत निर्णय लिने अवस्थामा पुगिसकेका छन्। क्षेत्र नं. ४ का मतदाता परिवर्तनको पक्षमा एकताबद्ध हुँदै घण्टीमा मतदान गर्न तयार छन्।”

उहाँका अनुसार फागुन २१ गतेलाई प्रतीक्षारत मतदाताहरू युवा, किसान, वृद्धवृद्धा, व्यवसायी लगायत सबै वर्गबाट उल्लेखनीय उत्साह देखिएको छ। “बालेन्द्र शाहजस्ता परिणाममुखी र निर्भीक नेतृत्वप्रति देखिएको भरोसाले यहाँका मतदातामा नयाँ जोश थपेको छ,” बनियाले भन्नुभयो। मतदाताहरूले घण्टीमा मतदान गरी सुशासन, विकास र आशाको भविष्य कोर्न चाहेको उहाँको दाबी छ।

धेरै पढिएको

सम्बन्धित समाचार